काठमाडौं। सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशित भएको छ। गत फागुन २६ गते मन्त्रीपरिषदबाट पारित भएको खरिद नियमावलीको ११ औं संशोधन राजपत्रमा प्रकाशन गरिएको हो।
राजपत्रमा प्रकाशन भएसँगै अब ११ औं संशोधन कार्यान्वयन हुनेछ। यस संशोधनअनुसार अब एउटा निर्माण कम्पनीले एक पटकमा ५ वटा मात्र आयोजनामा काम गर्न पाउने छ। त्यसैगरी ३ अर्ब सम्मको काम नेपाली निर्माण व्यवसायीले नै गर्न पाउने भएका छन्। यस अघि १ अर्बसम्मको काम मात्र नेपाली निर्माण व्यवसायीले गर्न पाउँथे। त्यस्तै अब १० अर्बसम्मको काममा नेपाली निर्माण व्यवसायीले विदेशी निर्माण व्यवसायीसँग संयुक्त रुपमा काम गर्न पाउने छन्।
राजपत्रमा प्रकाशित सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन: