काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले ज्येष्ठ नागरिकको स्वास्थ्योपचारका लागि सरकारले ज्येष्ठ नागरिक अस्पताल बनाउने तयारी गरेको बताएका छन्। शुक्रबार काभ्रेको मण्डनदेउपुर आधारभूत अस्पतालको उद्घाटन गर्दै मन्त्री खतिवडाले निजामती, प्रहरी, सेना, बालबालिकाहरूको उपचारका लागि छुट्टै अस्पताल निर्माण भएकोले सरकारले ज्येष्ठ नागरिकको उपचारका लागि समेत छुट्टै अस्पताल निर्माण गर्न लागेको बताएका हुन्।
नेपालको मध्यभागमा ज्येष्ठ नागरिक अस्पताल निर्माणका लागि सरकारले जग्गा खोजी गरिरहेको बताउँदै मन्त्री खतिवडाले अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले अनुमतिसमेत दिएको बताए।