काठमाडौं। लमजुङ समाज युकेले लमजुङको दोर्दी गाँउपालिका ८ हिलेबजारमा तटबन्धनका लागि सहयोग गरेको छ। गत असारमा गएको बाढीले क्षति पुर्याएको स्थानमा तटबन्ध निर्माणका लागि समाजले आर्थिक सहयोग गरेको हो।
लमजुङ समाज युकेका संस्थापक अध्यक्ष चन्द्रप्रसाद गुरुङले तटबन्दन निमार्णका ५ लाख १५ हजार रुपैयाँ दोर्दी गाउँपालिका ८ का वडा अध्यक्ष तुलबहादुर गुरुङ र निर्माण उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङलाई संयुक्त रुपमा हस्तान्तरण गरेका हुन्।
उक्त समाजले केही महिनाअघि पनि तटबन्दन निर्माणको लागि ९ लाख १ हजार ४२ रुपैयाँ सहयोग गरेको बताइएको छ। लमजुङ समाज युकेले हाल सम्म १४ लाख १६ हजार ४२ रुपैयाँ आर्थिक सहयोग गरेको गाँउपालिकाले जनाएको छ।
जोखिममा रहेको हिलेबजारका स्थानीयलाई आगामी दिनमा बाढीबाट सुरक्षित हुनका लागि सहयोग होस भनि तटबन्दन निर्माणका लागि सहयोग गरिएको समाजले जनाएको छ।