काठमाडौं। पोखरामा बहुउद्देश्यीय हल निर्माण निर्माण हुने भएको छ। उक्त हल नागरिक प्रविधि निर्माण कम्पनीले निर्माण गर्ने भएको हो।
पोखराको फुलबारीमा निर्माण हुन लागेको उक्त हल निर्माण भएसँगै विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सहज हुने आशा गरिएको छ। नागरिक प्रविधि निर्माण कम्पनीले तिस लाख ३७ हजार दुई सय पँचास रुपैयामा उक्त हल निर्माणको ठेक्का पाएको छ। तोकीएको समय अवधिमै हल निर्माण गरेर हस्तानतरण गरिने निर्माण कम्पनीले बताएको छ।
विभिन्न प्रकारका विवाह, बर्तबन्ध, गाोष्ठि, सेमिनार लगाएतका सामाजीक गतिविधिका लागि सहज हुने उद्धेश्यले उक्त हल निर्माण गर्न लागिएको बताइएको छ। हल निर्माण हुने भएसँगै यस स्थानका स्थानीयहरु पनि हर्षीत भएका छन्। हल निर्माण भएपछि सुन्दर नगरी पोखरा अझै अगाडी बढ्ने विश्वास गरिएको छ।