काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्न सरकारसँग माग गरेको छ। महासंघले मंगलबार पत्रकार सम्मेलन गर्दै निर्माण सामग्री अत्याधिक महंगो भएकाले निर्माण कार्य अगाडि बढाउन नसक्ने भन्दै कन्स्ट्रक्सन होलिडे घोषणा गर्न माग गरेको हो ।
महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्री अत्यधिक महंगो भएकाले यसअघि सम्झौता भएका निर्माण परियोजनाको लागत अत्यधिक पर्ने बताए। उनले निर्माण होलिडे घोषणा नगरे निर्माण सामग्रीमा भएको मूल्यवृद्धिको असर न्यून गर्न आग्रह गरेका छन्।
उनले भने, ‘निर्माण सामग्री धेरै बढेको छ। यस्तो बेलामा निर्माण गर्न गाह्रो छ। लागत उच्च हुन्छ। त्यसैले सरकारसँगको समन्वयमा मूल्यवृद्धि नियन्त्रणमा नआएसम्म निर्माण होलिडे गर्न आग्रह गर्छौं। त्यस समयसम्म परियोजनाको म्याद पनि थप गर्नुपर्छ।’
निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि अनुसार सबै आयोजनाहरुमा व्यवसायीहरुले मूल्यवृद्धि पाउनेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयले प्राविधिक मार्गदर्शन न.२ तुरुन्त जारी गर्नुपर्ने महासंघको माग छ। यसरी मार्गदर्शन नभएको खण्डमा मूल्यवृद्धि नभएसम्मको अवधिलाई गणना हुने गरी कन्स्ट्रक्सन होलिडे घोषणा गर्नुपर्ने महासंघले विज्ञप्तिमार्फत पनि उल्लेख गरेको छ।
महासंघले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही बुँदामा त्रुटि भएको भन्दै सच्याउन समेत सरकारसँग माग गरेको छ।
.jpg)
.jpg)