काठमाडौं। हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक पदमा तीन जनाको नाम सिफारिस भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा गठित छनोट समितिले नाम सिफारिस गरेको हो।
महाप्रबन्धक नियुक्तिका लागि गत माघ २६ गते सूचना प्रकाशन गरिएको थियो। उक्त पदका लागि १२ जनाले आवेदन दिएका थिए। ती मध्ये उत्कृष्ट तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस भएको हो।
अन्तिम सूचीमा परेकाहरुमा लक्ष्मीपु–८ दाङका वसन्तकुमार पाण्डे, काठमाडौंको बुढानिलकण्ठका भरत रेग्मी र धुम्बाराहीका भूपेन्द्रप्रसाद अर्याल छन्। मन्त्रिपरिषद्को आगामी बैठकले एक जनालाई महाप्रबन्धकमा नियुक्त गर्नेछ।
.JPG)