काठमाडौं। नागढुंगा सुरुङमार्ग आयोजनाको कार्यालयमा स्थानीयले तोडफोड गरेका छन्।
दहचोक–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका कारण खानेपानीको मुहान सुकेको भन्दै स्थानीयले सोमबार तोडफोड गरेका हुन्।
तोडफोडबाट एक दर्जन झ्यालका सिसा फुटेको बताइएको छ। आन्दोलनकारीले कार्यालयको सिसा तोडफोड गरेपछि महानगरीय प्रहरी वृत्तको टोली परिचालन गरिएको थियो।
दुई साताअघि पनि स्थानीयले प्रदर्शन गरेका थिए । तर खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिवद्धतापछि आन्दोलन रोकिएको थियो।
आयोजनाले खानेपानीको व्यवस्था गरिदिने लिखित प्रतिबद्धता पूरा नभएपछि आन्दोलन गर्नु परेको स्थानीय बताउँछन्।