काठमाडौं। ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ जलविद्युत आयोजनामा निर्माणका लागि एनएमबी बैंक लिमिटेड र हाइड्रो इलेक्ट्रिसिटी इन्भेसमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल) ले लगानी गर्ने भएका छन्।
मोदी जलविद्युत कम्पनीले कास्कीको अन्नपूर्ण गाउँपालिकामा पहिचान गरेको आयोजना अघि बढाउन यी कम्पनीले लगानी गर्ने भएको हुन् ।
आयोजनामा लगानी गर्न बैंक, एचआईडिसीएल र प्रवद्र्धक कम्पनीबीच सम्झौता भएको छ । सम्झौता अनुसार आयोजनाको कुल लागतको ७० प्रतिशत बैंकको अगुवाइमा एचआईडिसीएलले लगानी गर्ने छ ।
आयोजना सम्पन्न गर्न ९ अर्ब ८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। जसमा ६ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानी रहनेछ। बाँकी स्वपूँजी रहने कम्पनीले जनाएको छ।