काठमाडौं। तीन अर्ब भन्दा बढी लगानीमा एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेड दर्ता भएको छ। कुल ३ अर्ब ४ करोड ८९ लाख लगानी गर्ने गरी फण्ड दर्ता गरिएको हो।
फण्डले उद्योग विभागबाट चैत २४ गते लगानी अनुमति पाएको हो। फण्डमा रहने कुल लगानीमध्ये स्थिर पुँजी ४ करोड ८९ लाख रहने छ भने चालु पुँजी ३ अर्ब रहने छ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा १० वटा हाइड्रो र सोलार प्लान्ट राख्ने कम्पनीले जनाएको छ। त्यसैगरी तीन वटा केबलकार निर्माण गर्ने र पाँच वटा शहरी पूर्वाधारको काम गर्ने लक्ष्य रहेको बताइएको छ।
यस फण्डमा नेपाल बाहिरका विभिन्न देशमा बसोबार गर्ने गैर नेपाली नागरिकहरुले लगानी गर्ने छन्।