काठमाडौं। वागमति प्रदेशमा आजदेखि सार्वजनिक सवारी साधनहरुको भाडामा वृद्धि भएको छ। श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयको गत शुक्रबारको निर्णय अनुसार वैशाख १ देखि लागू हुने गरी भाडा वृद्धि गरिएको हो।
वागमति प्रदेशमा चल्ने ट्याक्सीको प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाइएको छ। अब वेटिंग चार्ज प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ। बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ। अब उपत्यका सहित वागमति प्रदेशमा सार्वजनिक सवारी साधनको ५ देखि २० किलोमिटरसम्मको भाडादर २ देखि ३ रुपैयाँसम्म बढेको छ ।
नयाँ भाडादर अनुसार ५ किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तिर्नुपर्ने छ।