काठमाडौं। म्याग्दीमा ५८ मेगावाट क्षमताको तिम्ल्याङ कालीगण्डकी जलविद्युत आयोजना निर्माण हुने भएको छ। तिम्ल्याङ कालीगण्डकी हाइड्रोपावर प्रालीले आयोजना निर्माण गर्न लागेको हो।
आयोजना म्याग्दीको अन्नपूर्ण गाउपालिका १, २, ५, ६ र ७ ९साविक क्रमशः दोवा,भुरुङ, तातोपानी,शिख, घार र हिस्तान गाविस० र रघुगंगा गाउपालिका १ (साविक बेगखोला गाविस) मा प्रस्ताव गरिएको छ।
उक्त आयोजनाको जडित क्षमता ५८ मेगावाट रहनेछ। आयोजनाबाट बार्षिक सरदर ३३५.३७ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। आयोजनाको मुख्य संरचनाहरु कालीगण्डकी खोलाको बायाँ किनारमा पर्दछन्। हेडवर्क्स अन्नपूर्ण गाउपालिका २ र ६ मा पर्छ। विद्युत उत्पादनका लागि कालीगण्डकी खोलाको पानी प्रयोग हुनेछ। उक्त आयोजनाबाट ४८ महिनामा विद्युत उत्पादन निकाल्ने लक्ष्य रहेको छ।
उत्पादित विद्युतलाइ विद्युत गृहको १३२ केभीको स्वीचयार्डमा जडान हुने ६ वटा सिगंल फेज ११.९५ एमभीए, ५० हर्जको ट्रान्सफर्मरबाट करिव १३ किमी लम्बाइको प्रसारणलाइन मार्फत प्रस्तावित ३३।१३२।२२० केभी दाना सवस्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ।