रुपन्देही। लुम्बिनी प्रदेश पूर्वाधार प्राधिकरणको प्रमुख कार्यकारी निर्देशकमा छवि पोख्रेल नियुक्त भएका छन्। लुम्बिनी प्रदेश सरकारले पोख्रेललाई कार्यकारी निर्देशकमा नियुक्त गरी शुक्रबार पद तथा गोपनीयताको शपथ गराएको हो।
शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेश सरकारको पहिलो सपनाका रूपमा रहेको प्रदेशको राजधानी निर्माणको योजनालाई पूर्णता दिन निर्देशन दिए ।
यसअघिका प्रमुख कार्यकारी निर्देशक अनन्तराज घिमिरेले राजीनामा दिएपछि पोख्रेललाई नयाँ सीईओ नियुक्त गरिएको हो । नवनियुक्त प्रमुख कार्यकारी निर्देशक प्यूठानको ओखरकोट निवासी हुन् । उनी लामो समय सरकारी सेवामा कार्यरत थिए ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आहृवान गरिएको टेन्डर विवादित बनेपछि चैत १४ मा यसअघिका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले पदबाट राजीनामा दिएका थिए । त्यसयता उक्त पद खाली थियो ।