पाँचथर। पाँचथरको फिदिम नगरपालिका–१ बुद्धचोकमा सुख्खा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। घर शिलान्यास गर्दैगर्दा झरेको पहिरोले पुरिँदा गोपाल ढुंगानाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएअनुसार आज बिहान घर शिलान्यास गर्दैगर्दा माथिबाट सुख्खा पहिरो खसेको थियो ।
स्काभेटरले पहिरो पन्छाएर उद्धार गरेको थियो । गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको थियो। अस्पतालमा उपचारका क्रममा नै ढुंगानाको मृत्यु भएको हो।