काठमाडौं। पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उपल्लो बिहुँ खण्डमा कालोपत्र हुँदै गर्दा आगलागी भएको छ। बिहुँ पोखरा खण्डमा कामका लागि प्रयोग भइरहेको ना १ क ३०४४ नम्बरको अलकत्रा छर्ने उपकरणमा आगलागी भएको हो ।
कालोपत्रका लागि अलकत्रा तताइएको तेल निकाल्ने गेटवलको वासर फुटेर आगलागी भएको बताइएको छ। आगलागी भएपछि कालोपत्रको काम रोकिएको छ । अमर माध्यामिक विद्यालय नजिकै रहेको सो उपकरणमा आगो लागेपछि गाउँ र विद्यालय बचाउन चालकले जोखिम मोलेर त्यसलाई बस्तीदेखि टाढा पुर्याएको बताइएको छ।
स्थानीयवासी, धम्जा प्रहरी चौकीका सुरक्षाकर्मी र मेहर गणका सेनानी आशिष देवकोटाको नेतृत्वमा रहेका सैनिक टोलीले आगो नियन्त्रणमा लिएका छन्।