काठमाडौं। मध्य त्रिशुली गंगा जलविद्यत् आयोजना निर्माण हुने भएको छ। नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका र रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा मध्य त्रिशुली गंगा जलविद्युत आयोजना निर्माण हुने भएको हो।
विद्युत् विकास विभागले आयोजना निर्माण हुन लागेको भन्दै सरोकारवालालाई रायसुझाव दिन सार्वजनिक सूचना आह्वान गरेको छ ।
१५ दशमलव ६२५ मेगावाट क्षमताको आयोजना श्री पर्फेक्ट इनर्जी डेभलप्मेन्ट प्रालिले निर्माण गर्न लागेको हो।
विभागले उक्त प्रस्तावित आयोजनाको निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्बन्धित सरोकारवालाले आफ्नो लिखित राय सुझाव पठाउन भनेको छ।