काठमाडौं। युनाइटेड सिमेन्ट र यसका सञ्चालकलाई अदालतले २०–२० लाख धरौटी रकम माग गरेको छ। चुनढुंगाखानी अत्यधिक दोहन गरी राजस्व चुहावट गरेको मुद्दामा युनाइटेड सिमेन्ट र सञ्चालकलाई अदालतले २०–२० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
नौ करोड ६९ लाख बिगो दाबीसहित मुद्दा दायर गरिएकोमा विशेष अदाललते २० लाख धरौटी माग गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी र सञ्चालकविरुद्ध ९ करोड ६९ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। जसमा अदालतले आइतबार २०–२० लाख रुपैयाँ धरौटी माग गरेको छ ।
उनीहरूविरुद्ध तोकिएको परिणामभन्दा बढी चुनढुंगा उत्खनन गरेको तथा वातावरणीय संरक्षणलाई बेवास्ता गरी राज्यलाई करोडौँको नोक्सान हुने कार्य गरेको अख्तियारको अभियोग छ ।