काठमाडौं। निर्माण व्यवसायी संघ डडेलधुराले शान्तिपूर्ण धर्ना कार्यक्रम गरेको छ। जिल्ला प्रशासन कार्यालय डडेलधुरा अगाडी निर्माण व्यवसायीहरुले धर्ना दिएका हुन्।
निर्माण सामग्रीमा भएको अप्रत्यासित मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावली–२०६४ को एघारौं संशोधनका केही प्रावधानमा रहेका त्रुटि लगायतको विरोधमा निर्माण व्यसायी संघ डडेल्धुराले धर्ना दिएको हो।
नेपाल निर्माण व्यवसायी महासंघले गत वैशाख ८ गतेदेखि शुरु गरेको आन्दोलन कार्यक्रमलाई जिल्ला संघहरुले पनि एक्यबद्धता जनाउँदै आजदेखि देशभरका अधिकांश जिल्ला संघहरुले आफ्नो जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन शुरु गरेका छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)