काठमाडौं। साझा यातायातका तीन वटा विद्युतीय बस काठमाडौंंमा आइपुगेको छन्। साझाले पहिलो चरणमा ल्याएको बिजुली बस ललितपुरको पुल्चोकस्थित आफ्नो पार्किङमा राखेको छ ।
चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखनामा ती बस तयार भएका हुन् । चीन मै उकालो तान्न सक्ने क्षमता परीक्षण गरेपछि नेपालमा ल्याइएको ‘दी गो’ले जानकारी दिएको छ। सीएचटीसीएचओका बस नेपालमा ‘दी गो’ले ल्याएर बिक्री गर्ने गरेको छ ।
ती बस काठमाडौं आइपुगेपछि उपत्यकाका सडकमा परीक्षण सफल हुनासाथ बाँकी ३७ वटा पनि आउने साझा यातायातले जनाएको छ। साझाका अनुसार सरकारी विशेषज्ञले परीक्षण गरेर अनुमति दिएपछि यी बसले काठमाडौंमा सेवा दिन शुरु गर्ने छन्।