डोटी। शुक्रबार दिउँसोदेखि आएको हावाहुरीका कारण यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ।
बुडर इलाका प्रहरी कार्यालयका अनुसार शुक्रबार दिउँसो आएको हावाहुरी तथा वर्षात्का कारण डोटी र डडेल्धुराको सीमा क्षेत्र हगुल्टेमा विद्युत् खम्बा ढलेका कारण बुडर, गैरा, गोगनपानी, खडिना, रुपसकाडा, गोल्डेललगायतका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएको हो।
अवरुद्ध भएको विद्युत् सेवा सञ्चालनका लागि बुडर तथा स्याउलेबाट विद्युत्का कर्मचारी आज बिहानैदेखि खटिए पनि सेवा सञ्चालन गर्न नसकिएको बुडरस्थित विद्युत् सबस्टेसनले जनाएको छ।
विद्युत् सेवा अवरुद्ध हुँदा बुडरमा रहेको रेडियो घण्टेश्वर एफएम बन्द भएको र ती क्षेत्रमा सञ्चार सम्पर्क पनि बन्द भएको स्थानीयवासी भक्तबहादुर लामाले बताए। यसैगरी शुक्रबारको हावाहुरीका कारण जिल्लाका दर्जनौँ घरका छाना उडाएको मौखिक खबर आएको प्रहरीले जनाएको छ। आजको आर्थिक दैनिकबाट