काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रत्यक पालिकामा कम्तीमा १५ शैय्याको अस्पताल निर्माण गर्ने घोषणा गरेका छन्। आज (आइतबार) पत्रकार सम्मेलनको क्रममा उनले यस्तो बताएका हुन्।
उक्त सम्मेलनमा उनले राष्ट्रिय राजमार्ग र रणनितिक राजमार्गहरुलाई कम्तीमा ४ ल्यानको सडक निर्माण गर्ने पनि प्रतिबद्धता जाहेर गरे। यतिमात्र हैन उनले आधुनिक डिजाइनका सुरुङमार्गहरु निर्माण गर्ने, पुर्व पश्चिम रेलमार्ग निर्माण गर्ने पनि जानकारि दिए। उनले भने, सबै महानगरमा मनोरेल सञ्चालन गर्ने योजना क्रमशः आरम्भ गर्दै जाने, अत्याधुनिक सुरक्षित सडक, सुरुङमार्ग निर्माण गर्नेछौं।
ओलीले छिमेकी मित्र राष्ट्रहरु भारत, चीन, बंगलादेशमा अन्तरदेशिय बिद्युत प्रसारण लाईनहरु निर्माण गर्ने पनि बताए। प्रधानमन्त्री रोजगारी कार्यक्रम, सामाजिक सुरक्षा योजना, सबै बालबालिकालाई गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वास्थ्य बीमा र आधारभुत औषधी निःशुल्क उपलब्ध गराउने लगाएतका एमालेको कार्ययोजना रहेको उनले उल्लेख गरे।