काठमाडौं। कोरियाली हेवी इक्युपमेन्ट डुसानले नेपाली ग्राहकहरुका लागि विभिन्न अफर प्याकेज ल्याएको छ। डुसानले आफ्ना नेपाली ग्राहकहरुका लागि एस्काभेटर खरिद गर्दा ८ हजार घण्टासम्म ‘थप वारेन्टि’ र मेसिन खरिद गर्दा ब्रेकर निशुल्क उपलब्ध गराइरहेको हो।
डुसानको कोरिया कर्पोरेट कार्यालयबाट नै नेपालमा भएको तरलता अभावका कारण नेपाली ग्राहकको सहजताका लागि उक्त अफर प्रदान गरेको डुसानको नेपालका लागि आधिकारिक विक्रेता आइ.एल एण्ड सि.एस. हेभि इक्यूमेन्ट प्रालि ‘डुसान नेपाल’ ले जानकारी दिएको छ। गत अप्रिल महिनादेखि शुरु भएको अफर यो मे महिना सम्म मात्र उपलब्ध हुने छ।
नेपालमा भइरहेको आर्थिक संकटका समयमा डुसानले उपलब्ध गराएको अफरका कारण ग्राहकहरु उत्साहित भएको र सकारात्मक प्रतिक्रिया आइरहेको डुसान नेपालका बजार प्रबन्धक हर्मन सिंहले बताए। एस्काभेटरमा ४ हजार घण्टासम्म वारेन्टि दिँदै आएको डुसानले अफरस्वरुप ४ हजार घण्टा थप गरेर ८ हजार घण्टा वारेन्टि पुर्याएको हो।हालसम्म कुनै पनि कम्पनीले एस्काभेटरमा ८ हजार घण्टासम्मको वारेन्टि दिएको थिएन। डुसानले नेपालमा ल्याएको यो अफर नेपालको इतिहासमै पहिलो पटक हो।

डुसानले यसअघि मेसिन बिक्री गरेपछि २ वर्षसम्म उक्त मेसिनको सम्पूर्ण भागको मर्मत आफैँले हेर्ने अफर ल्याएको थियो जुन नेपाली ग्राहकमाझ सफल भएको सिंहले बताए। नेपाली ग्राहकका लागि आगामी दिनमा समेत विभिन्न अफरका प्याकेजहरु ल्याउने डुसानको योजना रहेको समेत उनले जानकारी दिए।
यति बेला नेपालमा निर्माण व्यवसायीहरूले ‘निर्माण होलिडे’ घोषणा गरी देशभरका निर्माण कार्य ठप्प बनाएका छन्। जसले गर्दा निर्माण कार्यमा प्रयोग हुने निर्माण उपकरण एक्साभेटरको प्रयोग पनि कम भइरहेको छ। बजारमा उपकरणहरुको बिक्री कम भइरहेको यस्तो अवस्थामा डुसानले ल्याएको अफर प्याकेजले भने ग्राहक उत्साहित भएको र बजारमा सकारात्मक प्रभाव परेको सिंहले बताए।