काठमाडौं। वृज सिमेन्टले ६ महिनाको अवधिमा एक अर्ब भन्दा बढीको व्यापार गर्ने भएको छ। सन् २०२२ को पहिलो ६ महिनामा वृज सिमेन्टले एक अर्ब १४ करोड ९० लाख रुपैयाँको व्यापार गर्ने भएको हो।
रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले २०२१ मा करिब तीन अर्ब रुपैयाँको कारोबार गरेको जनाएको छ।
कम्पनीले २०२० मा दुई अर्ब ८६ करोड ४० लाख रुपैयाँ र २०१९ मा चार अर्ब २३ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। सिमेन्टसँग दैनिक १२ सय टन ग्राइन्डिङ क्षमता छ। यो सिमेन्टमा केडिया समूहका सातजनाको ५० प्रतिशत सेयर स्वामित्व छ बाँकी स्वामित्व भने भारतीय कम्पनी शान्ता सिमेन्ट प्रालिको छ।
रुपन्देहीको गोनाहामा उद्योग रहेको वृजले दुई ब्राण्डका ओपिसी सिमेन्ट, पाँच ब्राण्डका पीपीसी र एउटा ब्राण्डको पीएससी उत्पादन गर्दै आएको छ। वृजले करिब ७३ प्रतिशत क्लिंकर अर्घाखाँची सिमेन्टसँग किन्दै आएको छ।