काठमाडौं। सार्वजनिक सवारीको भाडा पुनः वृद्धि भएको छ। यातायात व्यवस्था विभागले मंगलवारदेखि नै लागू हुने गरि लामो दुरीको सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो।
विभागले गत जेठ ३ गते मात्रै भाडा बढाएको थियो। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि भएसँगै मंगलवार सार्वजनिक सवारीको भाडा पुनः समायोजन गरेको हो।
विभागले मंगलवार जारी गरेको नयाँ भाडा दर अनुसार अन्तरप्रदेशमा २.१ प्रतिशत, पहाडी बाटोमा गुड्ने मालबाहक तर्फ २.७ प्रतिशत र तराइको बाटोमा गुड्ने मालबाहक सवारीमा ३ प्रतिशत भाडा वृद्धि गरेको छ ।
नेपाल आयत निगमले २ दिन अघि मात्रै पेट्रोलको र डिजेलको मूल्य प्रतिलिटर १०१० रुपैयाँ बढाएपछि भाडा वृद्धि भएको हो ।
इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा धेरै वृद्धि भएमा स्वचालित रुपमा भाडा पनि वृद्धि हुने छ ।