काठमाडौं। अर्थमन्त्री जर्नादन शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै सहरी क्षेत्रमा क्रमश युटिलिटी करिडोर बनाउँदै लगिने बताएका छन् । सरकारले सबै भन्दा पहिला काठमाडौं उपत्यकामा युटिलिटी करिडोर निर्माण गर्ने भएको छ।
सहरको सुन्दरतालाई बिगार्ने गरी प्रयोग भएको तार खम्बाहरूको व्यवस्थापन गर्न तथा सहरी पूर्वाधार निर्माणका क्रममा खन्ने, बन्ने र पुनः खन्ने प्रवृत्तिको अन्त्य गर्ने उद्धेश्यले सहरी क्षेत्रमा युटिलिटी करिडोरको निर्माण गरिने जानकारी दिए।