काठमाडाैं। अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् । साे मध्ये चालु खर्चतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड रुपैयाँ अर्थात् ४२ प्रतिशत र पुँजीगत खर्चतर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत रुपैयाँ विनियोजन गरेकाे जनाकारी दिए ।
त्यसैगरी वित्तीय व्यवस्थापनतर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । आर्थिक वर्ष २०७९.८० मा पूर्वाधार र सहरी विकास क्षेत्रले बजेटकाे प्राथमिकता पाएकाे छ ।
यस्ता छन् बजेटकाे प्राथमिकता परेकाे पूर्वाधार र सहरी विकासका क्षेत्रः
सडक तथा अन्य पूर्वाधार
१) काठमाडौं–चितवन एक घण्टामा ओहोर दोहोर गर्ने गरी द्रुत मार्गको विकास गरिने
२) चितवन–रामपुर बुटवल, चितवन–रामपुर–पोखरा द्रुत मार्ग निर्माण गरिने
३) २५७ किलोमिटर सडक सञ्जाल विस्तार गरिने
४) मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९१ करोड रुपैयाँ
५) हुलाकि राजमार्गका लागि ३०० किलोमिटर र ३४ वटा पुल र ६७ पुलका लागि ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन
६) पुष्पलाल सडक मार्गलाई ९ अर्ब ३३ करोड विनियोजन
७) नागढुंगा–सिस्ने सुरुङ्गमार्गका लागि ५ करोड २० अर्ब रुपैयाँ विनियोजन
८) मुग्लिन–पोखरा सडक सडक स्तरउन्नती तथा विस्तारका लागि १० अर्ब रुपैयाँ विनियोजन
९) सुरुङ्ग मार्ग सम्भाव्यता अध्ययन तथा विस्तारका लागि एक अर्ब १९ करोड रुपैयाँ विनियोजन
१०) सिद्धबाब सुरुङमार्गको अध्ययन गरिने
११) पृथ्वी राजमार्गमा दमौलि–मादी नदीमा सिग्नेचर पुल निर्माण गरिने , रणनीति स्थानीय तहको पुल निर्माणका लागि १० अर्ब ६१ करोड र सिग्नेचर पुल निर्माणका लागि ६ अर्ब ५३ करोड रुपैयाँ विनियोजन
१२) हिमाली र पहाडी क्षेत्रको ढुवानी क्षेत्रको सहजताका लागि रोपवेको सम्भाव्यता अध्ययन गरिने
१३) यातायातलाई विद्युतीय सवारीमा रुपान्तरण गरिने
१४) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ विनियोजन
सहरी विकास तथा भवन
१) भूकम्प पछिको निर्माणको निरन्तरता अन्तर्गत धरहराको बाँकी निर्माण कार्य गर्ने, ९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन
२) सहकारी विकास मन्त्रालयका लागि ३७ अर्ब ७३ करोड रुपैयाँ विनियोजन
३) टुकुचादेखि बुढानिलकण्ठसम्मको नदिलाई सौन्दर्यीकरण गर्ने