काठमाडौं। सरकारले आगामी तीन वर्षभित्र देशभरका स्थानीय तहका केन्द्रमा पुग्ने सडक निर्माण गर्ने घोषणा गरेको छ।
२०७९/८० को बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले सडक सञ्जालमा जोडिन बाँकी रहेका स्थानीय तहको केन्द्रमा सडक पुर्याउने घोषणा गरेका हुन्।
साथै सरकारले आगामी दुई वर्षभित्र देशभरका स्थानीय तहको भवन निर्माणको घोषणा गरेको छ। यो आर्थिक वर्षभित्र ७० वटा स्थानीय तहको भवन बन्नेछ। सकेसम्म स्थानीय तहको भवनका लागि सरकारले सरकारी जग्गा उपलब्ध गराउने घोषणा समेत गरेको छ।