काठमाडौं। साझा यातायातको विद्युतीय बसको सडक क्षमता परीक्षण गरिएको छ। चीनबाट ल्याइएका तीन वटा बसमा सिमेन्टको बोरा र यात्रु राखेर सडक क्षमता परीक्षण गरिएको हो।
यातायात व्यवस्था विभाग र साझा यातायातका प्रतिनिधिले जेठ दोस्रो सातादेखि परीक्षण गरिएको उक्स बसको क्षमतामा कुनै समस्या नदेखिएको जनाइएको छ ।
आवश्यक सम्पूर्ण परीक्षण सकिए पनि परीक्षण प्रतिवेदन सार्वजनिक नभएको साझा यातायात सञ्चालक समितिले जनाएको छ। एक दुई दिनमा परीक्षण प्रतिवेदन आएपछि बोर्ड बैठकले विद्युतीय बस सञ्चालनको विषयमा निर्णय गर्ने बताइएको छ।
परीक्षण रिपोर्ट सार्वजनिक भएको चार महिनाभित्र बाँकी ४० थान बस ल्याउने साझाले जनाएको छ ।
समितिले दिएको प्रतिवेदनका आधारमा साझा यातायातको बोर्ड बैठक बसेर बस सञ्चालन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । बोर्ड बैठकले गरेको निर्णयका आधारमा बस कहिलेबाट सञ्चालन हुने टुंगो लाग्ने बताइएको छ।