काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको आयोजनामा नेपालमा International federation of Asain and Western pacific Contractors Association (IFAWPCA) को ४६ औं सम्मेलन हुने भएको छ।
महासंघ समेत आवद्ध उक्त संस्थाको सम्मेलनका लागि आवश्यक लोगो प्रतिस्पर्धाबाट निर्माण गरिने भएको छ।
महासंघले प्रतिस्पर्धामा भाग लिन आग्रह गर्दै सूचना जारी गरेको छ। प्रतिस्पर्धाबाट उत्कृष्टमा छनौट हुनेलाई महासंघको तर्फबाट एक लाख रुपैयाँ पुरस्कारको व्यवस्था रहेको समेत महासंघका महासचिव रोशन दाहालले जानकारी दिए।
प्रतिस्पर्धामा सान्तवना पुरस्कारको समेत व्यवस्था गरिएको छ।
