काठमाडौं। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ। बुधबार प्रदेशसभामा अर्थमन्त्री शालिकराम जमकट्टेलले बजेट पेश गरेका हुन्।
बागमती प्रदेशले विकास खर्चतर्फ ४१ अर्ब ५६ करोड २४ लाख रकम विनियोजन गरेको छ। प्रदेशले चालु खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख विनियोजन गरेको छ। यसैगरी बागमती प्रदेशका स्थानीय तहहरुमा वित्तीय हस्तान्तरणका लागि ८ अर्ब ३५ करोड ३७ लाख विनियोजन गरिएको छ।
वित्तीय व्यावस्थातर्फ २ अर्ब रकम यस प्रदेशले छुट्याइएको छ। चालु शिर्षकमा कुल बजेटको २७ प्रतिशत रकम छुट्याइएको छ। विकास बजेट भने ५८ प्रतिशत छ।
वित्तीय हस्तान्तरणमा कुल बजेटको ११.७७ प्रतिशत विनियोजन गरिएको छ। यस्तै, २.८१ प्रतिशत वित्तीय व्यवस्थाका लागि छुट्याइएको छ।