काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजनाको जलाशय खाली गर्ने भएको छ । जलाशय खाली गर्दा नदिमा पानीको बहाब बढ्ने हुँदा उक्त दिन नदी किनारमा नजान आयोजनाले आग्रह गरेको हो ।
आज बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म नदी किनारमा गरिने कुनै पनि काम नगर्न र मृत्यु संस्कारका कामहरू पनि अत्यन्तै सावधानीका साथ गर्न आयोजनाले आग्रह गरेको छ ।
आयोजनाले नदिमा पौडी खेल्न, माछा मार्न, नुहाउन, लुगा धुन, गिटीबालुवा निकाल्ने लगायतका काम नगर्न अनुरोध गरेको छ ।