फाइल तस्बिर
काठमाडौं। नेपाल अरनिको हाइड्रोपावर लिमिटेडको तेस्रो वार्षिक साधारण सभा असार अन्तिम साता हुने भएको छ। आगामी असार २७ गते रजिष्टर्ड कार्यालयमा कम्पनीको साधारण सभा हुने भएको हो।
कम्पनीले सभा रजिष्टर्ड कार्यालयमा बिहान ११ : ३० बजे शुरु हुने जानकारी दिएको छ । सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।