धनगढी। नेकपा एमालेका कार्यकर्ताले सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका छन्। एमालेका कार्यकर्ताहरुले मूल्यवृद्धिको विरोधमा धनगढीमा सरकारी गाडीको चाबी खोसेर सञ्चालनमा अवरोध गरेका हुन्।
एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि अवरोध गरेको सरकारी सवारी सधान सञ्चालन साँझ ५ बजेसम्म जारी रहने बताएका छन्।
युवाहरूले आन्दोलनका क्रममा सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।
धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटीले जनाएको छ।