फाइल तस्बिर
काठमाडौं। भुजुङ हाइड्रोपावर प्रालीले ३३ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ। माथिल्लो मिदिम जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोड्न हाइड्रोपावर कम्पनीले ३३ केभी प्रसारणलाइन निर्माण गर्ने भएको हो।
प्रसारणलाइन लमजुङको क्व्होलासोथार गाउँपालिका–४ मा अवस्थित फिदिम जलविद्युत आयोजना (७.५ मेगावाट)को स्विचर्याडदेखि सोही जिल्लाको मध्य नेपाल नगरपालिका ६ मा अवस्थित नेपाल विद्युत प्राधिकरणको भोर्लेटार सवसस्टेशनसम्म निर्माण हुनेछ।
यो प्रसारणलाइन ३६.१३ किलोमिटर हुनेछ। ७.५ मेगावाट क्षमताको प्रसारणलाई सिंलग सर्किटको हुनेछ।
आयोजना निर्माणका लागि १८.१५९ हेक्टर जमिन आवश्यक पर्छ। प्रसारणलाइनको क्षेत्राधिकार ६.६२ मिटर (मध्यविन्दुबाट ३.३१/३.३१ मिटर दायाँरबायाँ) कायम गरिएको छ। आयोजना आगामी मंसिर २९ गतेसम्म निर्माण पुरा गर्ने लक्ष्य छ।
विद्युत विकास विभागले सार्वजनिक सुचना निकालेर प्रस्तावित प्रसारणलाईन निर्माण तथा सञ्चालन गर्दा प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र लिखित रायरप्रतिक्रिया दिन आग्रह गरेको छ।