काठमाडौं। सिक्लेस हाइड्रोपावर लिमिटेडको आइपीओ आजदेखि निष्काशन भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो।
कम्पनीले जारी पूँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिशेयर रू. १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण शेयर स्थानीयमा जारी गरेको हो। यो आइपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।
छिटोमा साउन २० गतेसम्म विक्री खुला हुने मिति तय भएको यस आईपीओ सो अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ ५ गतेसम्म विक्रीमा रहने कम्पनीको भनाई छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै आईपीओ खरीदका लागि माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।
यसका साथै सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सक्नेछन् ।
याे पनि:
सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाट