चितवन। आज भारतपुर महानगरपालिकाका केही स्थानमा दिनभर विद्युत अवरुद्ध हुने भएको छ। नेपाल विद्यत प्राधिकरण चनौली वितरण केन्द्रबाट वितरित रामपुर फिडर अन्तर्गतका केहि स्थानमा आज ९ बजेदेखि साझँ ६ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो।
उक्त क्षेत्रका ११ केभी लाइनका पोलहरु अपग्रेड गर्दा विद्युद्ध अवरुद्ध हुन लागेको प्राधिकरणले सूचना प्रकाशित गरी जानकारी गराएको छ।
भरतपुर महानगरपालिको शारदानगर, रामपुर बजारदेखि गरुङ चोक सम्मको र आसपासको स्थानहरुमा विद्यत अवरुद्द हुने विद्यत प्राधिकरण चनौली वितरण केन्द्रले जानकारी दिएको छ । निर्धारित समय अगावै काम सम्पन्न भएमा तोकिएको समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने समेत वितरण केन्द्रले जनाएको छ।
