सिन्धुपाल्चोक। निर्माणाधीन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको अन्तिम मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको छ।
भोटेकोसी नदी क्षेत्रमा निर्माणाधीन आयोजनाको मुख्य तीन सुरुङमध्ये हेडवर्क्सस्थलमा यसअघिदेखि बन्दै गरेको ३ हजार ६ सय ९८ मिटरको अडिट १ सुरुङ बुधबार दिउँसो ‘ब्रेक थ्रु’ गरिएको हो।
आयोजनाको अघिल्लो वर्षमा नै मुख्य सुरुङ २ र ३ ब्रेक थ्रु भइसकेको र यो अन्तिम अडिट १ रहेको आयोजनाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामगोपाल सिवाकोटीले जानकारी दिए। यही ‘एचआरटी अडिट’ पनि ब्रेक थ्रु भएको रआन्तरिक तालिकाअनुरूप आवश्यक काम धमाधम भइरहेको उनको भनाइ छ।
आयोजनाको पावर हाउसको अधिकांश काम धमाधम भइरहेकाले आगामी सन् २०२३ मेमा नै पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ बाँधस्थल, सुरुङ र विद्युत्गृहको काम अघि बढिरहेको सिइओ सिवाकोटीले बताए।
याे पनि:
मध्य तमोर जलविद्युतको सुरुङ निर्माणमा ‘ब्रेक थ्रु’