काठमाडौं। तनहुँको मस्र्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको छ। अबिरल वर्षाले तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाब बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत उत्पादन भएको हो।
सुख्खा याममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाका पानी कम हुँदा घटेर ४० मेगावाटको हाराहारीमा विद्युत् उत्पादन हुने गरेकोमा हाल पूर्ण क्षमतामा उत्पादन भएको केन्द्रले जनाएको छ। तीनवटा युनिटबाट २३÷२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत उत्पादन भैरहेको बताइएको छ।
मस्र्याङ्दी हिमालबाट बगेर आएको नदी हो। गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाब बढेसँगै विद्युत उत्पादन पनि बढ्ने गरेको केन्द्रले जनाएको छ। यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।
केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्राङहरु थेग्रााउने र काठ दाउरा निकाल्न मिल्ने गरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ।