काभ्रेपलाञ्चोक। पाँचखाल नगरपालिकामा करिब ४० उद्योग स्थापना गर्ने तयारी गरिएको छ । वित्तीय संस्थासँग सहकार्य गरी नगरपालिकाले नगरभित्र ४० वटा उद्योग स्थापना गर्ने तयारी गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिए ।
उद्योग स्थापनाले स्थानीयस्तरको खाद्यान्नलगायत वस्तुको उत्पादन र उपभोग बढ्नाका साथै करिब चार हजार स्थानीयवासीले रोजगारी पाउने प्रमुख खरेलको भनाइ छ। उद्योग स्थापनाका लागि नगरले स्थानीयवासीलाई नै प्राथमिकता दिने नगरको योजना छ ।
चालू आर्थिक वर्षदेखि एक दर्जन उद्योगबाट उत्पादन गराउने गरी तयारी थालिएको र उद्यमशीलताको विकास एवं प्रबद्र्धनका लागि वित्तीय संस्थासँग सम्झौतालाई प्राथमिकता दिइरहेको बताइएको छ । उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले यसअघि नेवील बैंकसँगसम्झौता गरिएको बताइएको छ ।