काठमाडाैं। पूर्व जलस्रोत मन्त्री पशुपतिशमशेर राणाले महाकाली सन्धि थन्कियर बसेको योसँगै नेपालले पाउने लाभ पनि थन्किएर बसेको उल्लेख गरे ।
पूर्व जलस्रोत सचिव डा.द्धारिकानाथ ढुंगेलद्धारा लिखित ‘चक्रव्युहमा नेपालको जलस्रोत’ पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै राणाले भने, ‘सन्धिलाइ कार्यान्वयनमा लैजानु पर्नेछ, महाकाली सन्धि धुलो फालेर कार्यान्वयनको लागि अधि सार्नुपर्छ, नेपालीको धेरै समस्या समाधान गर्ने विषय जलश्रोत हो महाकाली सन्धिको कार्यान्वयन हो.’ महाकाली सन्धि वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाको अग्रसरता र केपी ओलीको पहलमा सम्भव भएको उल्लेख गरे ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाले प्राप्त गरेको जलस्रोतलाई राष्ट्रिय हितमा प्रयोग गर्न सक्नुपर्ने बताएका छन्। उनले भने, ‘हामीसँग भएको भुमि सिचाई गर्नमा चुक्नु हुदैन, किनकि कृषिको आधुनिकीकरण र व्यवसायीकीरणविना नेपालको रुपान्तरण हुन सक्दैन।’ उनले जलस्रोतको समुचित प्रयोग हुन नसकेको र जलस्रोतको प्रयोग गर्दा राष्ट्रिय हितसँगै अन्तर्राष्ट्रिय दायित्वलाई पनि विर्सन नहुनेमा जोड दिए । अध्यक्ष ओलीले भने, ‘राष्ट्रिय हित भनेर जसो पनि गर्न नहुने बरु न्यायोचित छ कि छैन भन्ने विषयलाई हेर्नुपर्छ।’ राष्ट्रिय हितलाई नहेर्ने र अडान नलिने बरु सत्ता र आफ्नो स्वार्थ हेर्दा समस्या आएको उनले बताए ।