काठमाडौं। भारतबाट घटेर आएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्ने भएको छ । आफूहरुसँग नाफा नरहेको भन्दै निगमले तत्काल मूल्य समायोजन नगर्ने भएको हो ।
पछिल्लो पटक इण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्यसूचीअनुसार निगमलाई पेट्रोलमा २ रुपैयाँ नाफा छ । यसबाहेक मट्टितेल र हवाई इन्धनमा समेत नाफा छ ।
तर, डिजेलमा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रतिसिलिन्डर ८०० रुपैयाँ हाराहारी घाटा छ । यही कारण तत्काल पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न नसक्ने निगमको भनाइ छ।
अहिले नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल प्रतिलिटर १७२ र एलपी ग्यास प्रतिसिलिण्डर १८ सय रहेको छ।