नुवाकोट। नुवाकोटका विभिन्न स्थानमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ। नुवाकोट वितरण केन्द्रको १ देखि ८ सम्मका सम्पूर्ण फिडर त्रिशुली पावरहाउस भित्र रहेको सिटी परिवर्तन गर्ने कार्यको लागि बन्द गरिने हुँदा आज दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको हो।
त्रीशुली सबस्टेशन अन्तर्गतको १ देखि ८ सम्मका सम्पूर्ण फिडर आज ९ देखी साझ ५ सम्म त्रिशुली पावरहाउस भित्र रहेको सिटी परिवर्तन गर्ने कार्यको लागि बन्द हुने हुँदा विद्युत अवरुद्ध हुने नुवाकोट वितरण केन्द्रले सूचनामार्फत जानकारी दिएको छ।
किस्पाङ गाउँपालिका र मेघाङ गाउँपालिकाको सम्पूर्ण क्षेत्र, विदुर नगरपालिकाको वडा नं ३ बाहेकको सम्पूर्ण वडा, लिखु गाउँपालिकाको १ र २, सुर्यगढी गाउँपालिका को वडा नं २,३,४ र ५, तादी गाउँपालिकाको वडा नं ६ लगायतको स्थानमा विद्युत सेवा अवरुद्ध हुने कुरा सूचनामा उल्लेख गरिएको छ। काम सम्पन्न भएपछि जुनसुकै समयमा पनि लाइन आउन सक्ने पनि केन्द्रले जनाएको छ।