काठमाडौं। सप्तरी खडक नगरपालिकामा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ। खडक नगरपालिकाको वडा नं. ८ भदियामा उक्त अस्पताल निर्माण हुने भएको हो।
उक्त अस्पतालको सोमवार भुमिपुजन गरि शिलान्यास गरिएको छ। खडक नगरपालिका र प्रतिष्ठा कन्स्ट्रक्सन प्रा.लि. काठमाडौ बीच २०७९ असार १५ मा सम्झौता भएको थियो। उक्त कन्स्ट्रक्सनले २१ करोड २९ लाख ४ हजार १ सय ९ रुपैया १ पैसामा निर्माण कार्यका लागि सम्झौता गरेको छ।
अस्पताल शिलान्यासपछि खडक नगरपालिका मेयर जयप्रकाश चौधरीले नगरपालिका जनतामा स्वास्थ्य उपचारमा सहजाता हुने दावी गर्दै जनताको स्वस्थ बनाउन सकेमात्र स्वस्थ समाजको कल्पना सार्थक हुने बताए।