काठमाडौं। परराष्ट्र मन्त्री डा.नारायण खड्काले त्रियुगा नदिमा पुल निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।गृह जिल्ला उदयपुर पुगेका मन्त्री खड्काले त्रियुगा नदिमा पुल निर्माण गरिने बताएका हुन् ।
चौदण्डीगढी नगरपालिका नेपाली कांग्रेस नगर कमिटीले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री खड्का समक्ष स्थानीय नेता तथा कार्यकर्ताले त्रियुगा नदी लगायतका अन्य खहरे खोला नियन्त्रण गर्न र चौदण्डीगढी नगरपालिकाको वडा नं. ९ र १० लाई जोड्न त्रियुगा नदीमा पक्की पुलको यथासक्य चाडो कार्य शुरु गराउन माग गरेका थिए ।
मन्त्री खड्काले बेल्टार बजारमा ब्यापार व्यावसायमा कमि आएको भन्दै चौदण्डीगढी नगरपालिकाको वडा नं १ बंसिला बाट खोटाङ जिल्लालाई जोड्न दुधकोशीमा पक्की पुल बनाउने, चौदण्डीगढी नगरपालिका कै वडा नं १० स्थित देबधार बाट हडिया जोड्ने त्रियुगानदीमा पक्की पुल बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।