रौतहट। निर्माण व्यवसायी संघ रौतहटको अध्यक्षमा कृष्ण देव यादव निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्दी धिरेन्द्र सिंहलाई १२ मतले पराजित गर्दै यादव विजयी भएका हुन्।
यादवले १ सय ६० मत प्राप्त गरेका छन् भने सिंहले १ सय ४८ मत पाएका छन्। वरिष्ठ उपाध्यक्षमा उपेन्द्र कुमार यादव १८० मत सहित र उपाध्यक्षमा १६० मतसहित उपेन्द्र यादव विजयी भएका छन्। क्षेत्रीय उपाध्यक्षमा १४९ मतसहित प्रमोद महतो कोइरी, क्षेत्रीय उपाध्यक्ष २ मा १७१ मतसहित राम वशिष्ट यादव र महासचिवमा १६८ मतसहित श्रीकान्त प्रसाद यादव विजयी भएका छन्।
त्यसैगरी सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल, सह कोषाध्यक्षमा विरेन्द्र चौधरी विजयी भएका छन्। त्यसैगरी सदस्यमा विरेन्द्र प्रसाद, नितिश यादव, सविन्द्र नारायण साह, प्रमोद यादव, सरोज कुमार यादव, विवेक सिंह, सुनर जित कुमार गिरि, मुरलीधर यादव र मोहमद मनिर शेख निर्वाचित भएका छन्।