काठमाडौं। काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख पदमा एसपी राजु पाण्डे चयन भएका छन् ।
महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन)ले प्रमुखको जिम्मेवारीमा रहेका नगरप्रहरी उपरीक्षक(एसपी) धनपति सापकोटालाई हटाएर पाण्डेलाई जिम्मेवारी दिएका हुन् ।
मेयर बालेनको सचिवालयले काठमाडौं महानगरपालिकामा ५ जना नगरप्रहरी उपरीक्षक (एसपी) मध्ये पाण्डेलाई प्रमुखको जिम्मेवारी प्रदान गरिएको जानकारी दिएको छ।
यसअघि नगर प्रहरी प्रमुख रहेका सापकोटालाई मेयर बालेनले प्रशासनतर्फ खटाएका छन् ।