काठमाडौं। ११ वटा निर्माण तथा सप्लायर्स कम्पनीलाई १ देखि ३ वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार सूचना प्रकाशन गरी विभिन्न ११ कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो।
विभिन्न आयोजना तथा सार्वजनिक निकायबाट काममा लापरबाही, गुणस्तरहीन काम भएको, ढिलासुस्ती लगायतका कारण देखाइ कालोसूचीमा राख्न सिफारीस गरेर पठाएसँगै खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई कालोसूचीमा राखेको हो।
एम एस जेहोङडिङ इन्टरनेस्नल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना ३ वर्षका लागि, श्री अरभली इन्फ्रापावर लिमिडेट ३ वर्षका लागि र सैलुङ कन्स्ट्रक्सन प्रा.लि, ३ वर्षका लागि कालोसूचीमा परेका छन्।
त्यसैगरी खरिद अनुगमन कार्यालयले श्री चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन लिमिटेडलाई ३ वर्ष, श्री बलिया कन्स्ट्रक्सनलाई १ वर्ष, श्री जोनसोन कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिलाई १ वर्ष र श्री जस्ट इन टाइम कन्स्ट्रक्सनलाई १ वर्षका लागि कालोसूचीमा राखेको छ।
श्री महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रा.लिलाई २ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ। त्यसैगरी श्री एस्पियल ग्रुप अफ इन्जिनियर्सलाई १ वर्ष, श्री सर्जिमेड डिस्ट्रिक्युटर्सलाई १ वर्ष र श्री तुम्येहाङ निर्माण सेवालाई १ वर्षका लागि कालोसूचीमा राखिएको खरिद अनुगमन कार्यालयले सूचनामा उल्लेख गरेको छ।
कार्यालयका अनुसार कालोसूचमा परेको अवधिभर यी कम्पनीले सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।