काठमाडौं। शिवम् सिमेन्टको विशेष साधारण सभा सम्पन्न भएको छ । अनामनगरस्थित कम्पनीको सभाहलमा शुक्रवार साधारण सभा सम्पन्न भएको हो।
सभाले कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं.२३, नियम नं.२५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने लगायतका प्रस्ताव पारित गरेको छ।
उक्त संशोधनपछि कम्पनीको सञ्चालक समितिको संख्या सात जनाबाट छ जना कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी शेयरधनीहरूको उपस्थितिमा साधारण सभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था भएको छ।
सभा कम्पनीको सञ्चालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको थियो। कम्पनीले उत्पादन समयदेखि नै आफ्नै चुनढुंगा खानीबाट ओपिसी सिमेन्ट उत्पादन तथा विक्री–वितरण गर्दै आइरहेको छ।