सुर्खेत। यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशका मेकानिकल इञ्जिनियर र एक जना बिचौलिया घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलीले उनीहरूलाई तीन हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।
सवारी नवीकरण, जाँचपास, रूटपरिमट नवीकरण जस्ता कार्यमा घुस मागेको भन्ने निवेदनका आधारमा अख्तियारबाट खटिएर गएको टोलीले यातायातमा कार्यरत मेकानिकल इञ्जिनियर दीपक बम र बिचौलिया नीरकबहादुर शाहीलाई पक्राउ गरेको हो।
शुक्रबार घुस रकमसहित दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार सुर्खेतका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए।