काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ अन्तर्गतको एशोसिएट सदस्य समन्वय समितिको दशौं साधारण भेला कात्तिक १४ गते हुने भएको छ ।
समन्वय समितिले सोमबार एक सूचना जारी गरी आगामी कात्तिक १४ गते दशौं भेलाको आयोजना गरेको जानकारी दिएको हो । भेला चन्द्रागिरी हिल्समा दिउँसो १ बजे हुने निर्माण व्यवसायी महासंघका उपाध्यक्ष तथा एशोसिएट सदस्य समन्वय समितिका संयोजक आङ दोर्जी लामाले जानकारी दिए ।
यस भेलामा सहभागी हुने एशोसिएट सदस्यहरुले कात्तिक १२ गते भित्र आ–आफ्नो सदस्यता नविकरण गरी नामावलि दर्ता गर्न समेत आग्रह गरिएको छ ।
