काठमाडौं। नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना भएको छ ।
उर्जा मन्त्री पम्फा भुसालले मंगलवार उक्त चार्जिङ स्टेशनको उद्घाटन गरेकी हुन् । सो क्रममा उनले पहिलो चरणमा देशका विभिन्न स्थानमा ५१ वटा चार्जिङ स्टेशन राखिने बताइन्। अहिले जडान कार्य भइरहेको उनले जानकारी दिएकी छन् ।
चार्जिङ स्टेशन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।